काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन्। स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा काठमाडौँ जिल्ला अदालतले माघ ३ गते गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न उनी अदालत जान लागेका हुन्।
लामिछानेले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारेको सुनुवाइमा असहमति जनाएका छन्। माघ २ गते काठमाडौँ जिल्ला अदालतले उनलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
उनले सहकारीको रकमबारे कुनै जानकारी नभएको दाबी गर्दै निष्पक्ष न्यायको माग गरेका छन्। अब पाटन उच्च अदालतले यस मुद्दामा पुनः सुनुवाइ गर्नेछ।