एकातिर नेपालको प्रतिनिधि सभामा उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोगको तयारी भइरहेको बेला अर्कोतर्फ अमेरिकामा भने उनी सम्मानित भएकी छन्।
अमेरिकाको बोस्टन सिटी काउन्सिलले उपसभामुख रानालाई विशेष सम्मान प्रदान गरेको हो। उनले १८ वर्षको उमेरदेखि प्रहरी हिरासतमा परेका अभिभावकका बालबालिकालाई आश्रय, शिक्षा र पालनपोषण गर्दै आएकी छन्। सन् १९९० बाट सुरु भएको उनको यो निःस्वार्थ सेवाले हजारौं बालबालिकाको जीवनमा नयाँ आशा र उज्यालो ल्याएको भन्दै अमेरिकामा सम्मान गरिएको हो।
राजनीतिक जीवनभित्र नेपालमा विवाद र चुनौतीको घेरामा परेकी इन्दिरा मगर सामाजिक सेवामा भने अन्तर्राष्ट्रिय स्तरमै उच्च सम्मान प्राप्त गर्न सफल भएकी छिन् ।