“बेलायतका राजकुमार एडवार्ड र सोफी नेपाल भ्रमणमा, गोर्खा क्याम्प र अन्नपूर्ण हिमश्रृंखला यात्रा गर्ने”

बेलायतका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया आज नेपाल भ्रमणका लागि आउन लागेका छन्। उनीहरु निजी भ्रमणमा नेपाल आउँदैछन् र साढे १० बजे काठमाडौं ओर्लनेछन्। सुरक्षा स्रोतका अनुसार, दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल आउनेछन् र नेपाली सेनाले उनीहरूको सुरक्षा व्यवस्थापन गर्नेछ।

:फाइल फोटो

यस भ्रमणको क्रममा, राजकुमार र सोफी पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पमा पनि जानेछन्, जहाँ उनीहरूले हालै बेलायती सेनामा छनोट भएका नेपाली जवानहरूको ब्याज वितरण परेडमा सहभागी हुनेछन्। यो परेडमा नवनियुक्त जवानहरूलाई बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ।

त्यस अतिरिक्त, उनीहरूको भ्रमण तालिकामा अन्नपूर्ण हिमश्रृंखला हेलिकप्टरमार्फत हेर्ने समेत रहेको छ। भ्रमणको क्रममा, सोफी महिला, शान्ति, सुरक्षा र मानव बेचबिखनका पीडितहरूको सहयोग गर्ने संस्थासँग पनि भेट गर्नेछिन्।

यस भ्रमणले बेलायत र नेपाल बीचको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्य राखेको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *