Breaking news

बार्सिलोनाले कोपा डेल रेको फाइनलमा रोमाञ्चक जित

बार्सिलोनाले कोपा डेल रे कपमा ऐतिहासिक जित हासिल गर्दै रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३-२ को अन्तरले पराजित गरेको छ। आइतबार बिहान भएको रोमाञ्चक फाइनलमा बार्सिलोना २-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै उपाधि जित्न सफल भयो। खेलको २८औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि रियलका केलिएन एम्बाप्पेले फ्रिकिकमार्फत बराबरी गोल फर्काए। त्यसपछि एसियल थाउचेमेनीले गोल गर्दै रियललाई अग्रता दिलाए। खेलको ८४औँ मिनेटमा फेरान टोरेसले लामिन यमालको पासमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। अतिरिक्त समयको अन्तिम चार मिनेट बाँकी रहँदा जुल्स कुन्डेले निर्णायक गोल गर्दै बार्सिलोनालाई ३-२ ले अघि बढाए। इन्जुरी समयमा राफिन्हा बक्समा लडेपछि रेफ्रीले पेनाल्टीको संकेत गरे पनि भिएआर समीक्षा पछि निर्णय उल्ट्याइयो र राफिन्हालाई पहेँलो कार्ड देखाइयो। विश्वका दुई ठूला क्लबबीचको भिडन्त तनावपूर्ण र नाटकीय रह्यो। अन्ततः बार्सिलोनाले शानदार प्रदर्शन गर्दै कोपा डेल रे कपको उपाधि जित्न सफल रह्यो र आफ्ना समर्थकलाई सिजनको एक ठूलो सफलता उपहार दियो।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?