Breaking news

मकवानपुर बहुमुखी क्याम्पस स्ववियु चुनाव: संयुक्त प्यानल बनाउँदै नेविसंघ-अनेरास्ववियु, प्रतिस्पर्धा रोचक

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीबाट उम्मेदवारी दिएका दुई विद्यार्थी, बुद्ध बहादुर ब्रम्हु र रामकृष्ण घोरासैनीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघले संयुक्त प्यानल बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि ब्रम्हु र घोरासैनीले एक विज्ञप्ति जारी गर्दै आफूहरूको उम्मेदवारी निष्क्रिय रहेको घोषणा गरेका हुन्। उनीहरूले नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार प्रसिद्ध रेग्मीलाई समर्थन गर्ने उल्लेख गरेका छन्।

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष पदका लागि तीन प्रतिस्पर्धी छन्। नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार प्रसिद्ध रेग्मी, अखिल क्रान्तिकारीका छोइसाङ लामा स्यान्ताङ, र स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरे चुनावी प्रतिस्पर्धामा छन्।

अनेरास्ववियु र नेविसंघको गठबन्धनले निर्वाचनमा बलियो प्रभाव पार्ने अनुमान गरिएको छ। अखिल क्रान्तिकारीका उम्मेदवार स्यान्ताङ भने एक्लै प्रतिस्पर्धा गरिरहेका छन्, जसले निर्वाचनको प्रतिस्पर्धालाई रोचक बनाएको छ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *