Breaking news

प्रचण्ड चर्पीमा लडेर घाइते टाउकोमा चोट लाग्दा टाका लगाइयो

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। शनिबार बिहान निवासको बाथरुममा चिप्लिएर लडेका उनलाई टाउको र निधारमा चोट लागेको बताइएको छ।
स्थिति सामान्य भएपनी , ‘टाउकोमा टाँका लगाउनुपरेको छ । भने प्रचण्डको अरु स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
परिवारको तत्काल पहलमा प्रचण्डलाई मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार, उनको अवस्था हाल सामान्य रहेको छ र चिकित्सकको निगरानीमा छन्।

डाक्टरहरूले प्रारम्भिक परीक्षणमा कुनै गम्भीर समस्या नभएको बताए पनि थप स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका नेताहरू, शुभेच्छुक तथा सर्वसाधारण अस्पताल पुगेका थिए। पार्टी प्रवक्ता कृष्णबहादुर महराले प्रचण्डको स्वास्थ्यमा चाँडै सुधार भइ पुनः सार्वजनिक जीवनमा फर्कने विश्वास व्यक्त गरेका छन्। समर्थकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *