बालश्रमिक प्रकरणमा सांसदलाई उन्मुक्ति दिने तयारीमा, मेयर बालेनको कडा प्रतिक्रिया

काठमाडौँमा बालश्रमिक राखेको आरोप लागेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मामाथि मुद्दा नचलाउने तयारी भइरहेको समयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कडा प्रतिक्रिया दिएका छन्।

एमालेकी सांसद शर्माको घरमा ६ वर्षदेखि काम गरिरहेकी एक नाबालिकाले आफूलाई कुटपिट हुने गरेको बताएकी थिइन्। महानगरपालिकाको कार्यदलले बालिकाको दयनीय अवस्था देखेपछि तत्काल उद्धार गरी संरक्षण गृहमा राखेको थियो। उद्धारका क्रममा नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेका थिए।

मुद्दा नचल्ने तयारीका बीच मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु, समय आउनेछ।’ उनले थपे, ‘यस्ता विभेद र अपराध अन्त्य गर्न, अनि कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्नुपर्छ, समाज बुझ्नुपर्छ।’

उनको यो भनाइले न्याय पाउनबाट वञ्चित भएकी नाबालिकाको पक्षमा सहानुभूति प्रकट गर्दै समाजमा व्याप्त विभेद र अन्यायको विरुद्ध आवाज उठाएको देखिन्छ। मुद्दा अघि नबढाउने तयारीप्रति मेयरको कडा आलोचना र पीडित बालिकाको लागि न्यायको अपेक्षा स्पष्ट छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *