Breaking news

फिफा विश्वकप छनोट: कोलम्बियामाथि ब्राजिलको जित

ब्राजिलले फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा कोलम्बियामाथि नाटकीय पुनरागमन जित निकालेको छ। शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ गोलअन्तरले हरायो। पहिलो हाफमा अग्रता लिएको ब्राजिलले ४१औं मिनेटमा बराबरी गोल खाएको थियो।

ब्राजिलका लागि राफिन्हा र भिनिसियस जुनियरले गोल गरे भने कोलम्बियाका लागि लुइस डियाजले एक गोल फर्काए। छैटौं मिनेटमा पेनाल्टीमार्फत राफिन्हाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए। ४१औं मिनेटमा डियाजले बराबरी गोल गरे।

खेलको इन्ज्युरी समयको नवौं मिनेटमा भिनिसियस जुनियरले निर्णायक गोल गर्दै ब्राजिललाई जित दिलाए।

यस जितपछि ब्राजिल १३ खेलमा २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। कोलम्बिया १९ अंकका साथ छैटौं स्थानमा छ। अन्य खेलमा पाराग्वेले चिलीलाई १-० ले तथा पेरुले बोलिभियालाई ३-१ ले हरायो।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?