Breaking news

गुजरात टाइटन्सले डिएल मेथडमार्फत मुम्बई इण्डियन्सलाई पराजित गर्‍यो

गएराति भएको रोचक खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई डकवर्थ–लुइस (डिएल) मेथड अनुसार ३ विकेटले पराजित गरेको छ। मुम्बईले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा बर्षाले खेल अवरुद्ध भएपछि डिएल मेथड अनुसार गुजरातलाई १९ ओभरमा १४७ रनको लक्ष्य दिइयो, जुन उसले ७ विकेट गुमाउँदै हासिल गर्‍यो।

गुजरातका कप्तान शुभमन गिलले ४३ रनको योगदान दिए भने जोस बटलरले ३०, शेरफान रथरफोर्डले २८, गेराल्ड कोएत्जेले १२ र राहुल तेबातियाले अविजित ११ रन बनाए। मुम्बईका तर्फबाट ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र आश्विनी कुमारले समान २–२ विकेट लिए भने दीपक चहरले एक विकेट लिए।

त्यसअघि मुम्बईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। मुम्बईका लागि विल ज्याकले ५३ रन, सूर्यकुमार यादवले ३५ र कोर्बिन बोशले २७ रन जोडे।

गुजरातका बलर साई किशोरले २ विकेट लिए भने अन्य पाँच बलरले समान एक–एक विकेट लिए। यो जितसँगै गुजरात ११ खेलमा १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई १२ खेलमा १४ अंकसहित चौथो स्थानमा झरेको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *