आशिका तामाङलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ। उनलाई आपराधिक उपद्रवको आरोपमा थुनछेक गर्नका लागि अदालतमा प्रस्तुत गरिएको हो। तामाङले सूर्यबिनायक नगरपालिकाले झोलुङ्गे पुलमा प्रवेश गर्न २० रुपैयाँ कर लिने निर्णयको विरोध गर्दै करको रसिद जलाएको आरोप छ। यसबारे नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो। १४ माघमा धरौटी बुझाएर छुटेकी तामाङ पुनः पक्राउ परेकी थिइन्।
तस्बिर स्रोत:सामाजिमा संजाल