कोपा डेल रे सेमिफाइनल: बार्सिलोना र एटलेटिको, रियल म्याड्रिड र सोसियडाड भिड्ने

स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। गएराति भएको ड्र अनुसार बार्सिलोनाले एटलेटिको म्याड्रिडसँग तथा रियल म्याड्रिडले रियल सोसियडाडसँग प्रतिस्पर्धा गर्ने भएका छन्। सेमिफाइनलको पहिलो लिग फेब्रुअरी २५ र २६ मा हुनेछ भने दोस्रो लिग अप्रिल १ र २ मा आयोजना गरिनेछ।

कोपा डेल रे स्पेनको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। अहिलेसम्म बार्सिलोनाले ३१ पटक उपाधि जित्दै सबैभन्दा सफल टोलीको स्थानमा छ। एटलेटिको बिल्बाओले २४ पटक र रियल म्याड्रिडले २० पटक यो उपाधि जितेका छन्। यसपटक सेमिफाइनलमा पुगेका एटलेटिको म्याड्रिडले १० पटक र रियल सोसियडाडले २ पटक उपाधि जितेका छन्।

प्रतिस्पर्धी टिमहरू बलिया रहेका कारण सेमिफाइनल खेलहरू रोमाञ्चक हुने अनुमान गरिएको छ। बार्सिलोना र एटलेटिकोबीचको खेलमा उच्चस्तरीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ भने रियल म्याड्रिड र सोसियडाडको खेलले पनि फ्यानहरूलाई उत्साहित बनाउनेछ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *