बागमती प्रदेशसभामा आज सर्वदलीय बैठक, विधेयक पारितका लागि छलफल

हेटौँडा। बागमती प्रदेशसभामा मङ्गलवार सर्वदलीय बैठक आह्वान गरिएको छ। प्रदेशसभा सभामुख भुवनकुमार पाठकले अपराह्न ३ बजे बस्ने गरी बैठकको आयोजना गरिएको जानकारी दिएका छन्। बैठकको प्रमुख उद्देश्य प्रदेशसभाको माघ २३ गते मध्याह्न ११ बजे बस्ने बैठकमा प्रस्तुत गरिने विधेयकहरूको छलफल र कामकारबाहीबारे छलफल गर्नु हो।

सभामुख पाठकका अनुसार, प्रदेश सरकारले ल्याएका चारवटा विधेयक र विभिन्न समितिहरूमा छलफल गरी तयार भएका प्रतिवेदनहरूलाई आगामी बैठकमा पारित गर्नुपर्ने भएकाले सर्वदलीय बैठक आह्वान गरिएको हो। यस बैठकमा दलहरूबीच सहमति जुटाउनको लागि छलफल हुने छ।

गत माघ १८ गतेको प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलहरूको सहमति नहुनुको कारण सरकारले प्रस्तुत गर्ने भनिएका विधेयक बैठकको कार्यसूचीबाट हटाइएका थिए। अब भने सर्वदलीय बैठकमार्फत तिनीहरूको पारितिको लागि सहमति जुटाउने प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *