४ ग्राम २३० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने खैरो धुलो पदार्थ सहित ३ जना मानिस पक्राउ

४ ग्राम २३० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने खैरो धुलो पदार्थ सहित ३ जना मानिस पक्राउ ।
----------------------------------------------------------------------
मिति २०८१।१०।२९ गते अं १८:३० बजेको समयमा लागुऔषध सम्बन्धी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०१ झोलुङ्गे पुल नजिकै रहेको चिया पसलभित्र प्लास्टिकमा स-सानो पुरिया बनाई प्याकिङ गरी लिएर हिड्न लागेको अवस्थामा निम्न व्यक्तिहरुलाई फेला पारी रितपुर्वक खानतलासी गर्दा निजहरुको साथबाट ४ ग्राम २३० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हुदाँ उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
निम्न -
१.) जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ०४ सामरी बस्ने वर्ष ३९ को सुबि गुरुङ ।
२.) जिल्ला नवलपरासी पश्चिम सुस्ता गा.पा. वडा नं. ०३ घर भई हाल जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ०५ स्थितमा रहेको चुन फ्याक्ट्रीमा काम गरी बस्ने वर्ष ३४ को सुरज कुमार पाण्डे ।
३.) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०१ चौकीटोल बस्ने वर्ष ३४ को नबराज भट्ट ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?